Rule 44
पावर फ्याक्टर
पावर फ्याक्टरको स्तर देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–
(क) ग्राहककहाँ सप्लाई गरेको विद्युतको पावर फ्याक्टर ०.८ ल्यागिङ्ग भन्दा घटी वा एक इकाई भन्दा बढी लिडि∙ हुन दिनु हुँदैन ।
(ख) विद्युत प्रसारण तथा वितरण प्रणालीमा पावर फ्याक्टर खण्ड (क) बमोजिमको स्तरभित्र राख्नको लागि सुहाउँदो साधनको व्यवस्था मिलाउनु पर्नेछ ।
(ग) ग्राहकको विद्युत सम्बन्धी पावर फ्याक्टर खण्ड (क) बमोजिमको स्तर अनुसार नभएमा अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो ग्राहकलाई सुहाउँदो खालको साधन राख्न लगाउन सक्नेछ ।